29.3 C
Birgunj
3:36 PM | Sunday, September 15th, 2024

Headlines

बारामा ८० हजार लिटर अवैध मदिरा नष्ट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले ८० हजार लिटर अवैध मदिरा नष्ट गरेको छ ।

बिहीबार जिल्लाको टोलीले करैयामाई गाउँपालिका ३ गालोपट्टीमा एक र महागढीमाई नगरपालिका १० र ३ गंजभवानीपुरमा ९ ठाउँमा गरी २५ हजार लिटर तयारी मदिरा र ५४ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस स्थानबाट मदिरा राख्ने १४ वटा ड्रम, एउटा डेक्ची, मदिरा बनाउने ५ वटा मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment