27.9 C
Birgunj
11:54 PM | Thursday, September 19th, 2024

Headlines

मुलुककाे निकासका लागी कांग्रेस र एमालेबीच सहमति : डा. शेखर कोइराला

वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् ।कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद रहेको कोइरालाको भनाई थियो । 

उनले नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर  बढ्नुको विकल्प नरहेको बताए । उनले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गरे । अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो । अाउने निर्वाचन ने का एक्लैले लडने र पार्टि भित्रकाे मत भिन्नता लाइ व्यवस्थीत गर्न सक्याैं भने वहुमतकाे सरकार लाइ कसैले राेक्न नसक्ने वताउनु भयाे ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउँदै सुशासनका लागि कांग्रेस र एमाले एक्कै ठाउँमा आउनुपरेको बताए । 

ने.का पर्सा कार्यालय रानिघाटमा सभापति जनार्दन सिंह क्षेत्रीको सभापतिवत्वमा सम्पन्न कार्यकर्ता भेलामा नेपाली कांग्रेसका,केन्द्रीय सदस्य शङ्कर भण्डारी, अजय चौरसिया,अनिल रुंगटा, मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ प्रदेश सभा सदस्य श्याम पटेल, शङ्कर चौधरी, लगायत को सहभागिता थियो ।

सम्वन्धित समाचार

Leave a Comment