25.7 C
Birgunj
11:25 PM | Saturday, September 14th, 2024

Headlines

बार्षिक वजेट पुष्तिका पुनर्लेखनको माग गर्दै विपक्षी दलद्वारा मधेस प्रदेश सभा बैठक अवरोध

वीरगन्ज । बार्षिक वजेट पुष्तिका पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले मधेस प्रदेश सभा बैठक अवरोध गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाइएको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् ।  सदनको बैठक सुरु भएपछि आगामी आर्थिक वर्षका ०८१/०८२ का लागि ल्याइएको बजेटमा पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले अवरोध जनाएका हुन । 

लोसपा सांसद रानी शर्मा तिवारीले आगामी आर्थिक वर्षको बार्षिक वजेट पुष्तिका पुनर्लेखनको माग गर्दै बैठक अवरोध गरेपछि नेपाली कांग्रेस, जसपा र राप्रपाले समर्थन जनाएका थिए ।  विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरेका छन् । बार्षिक वजेट पुष्तिकामा सांसदहरुले दिएका योजना नराखिएको भन्दै मधेस प्रदेश सरकारको विरोध भइरहेको छ ।

यसअघि पनि सांसदहरूले मुख्यमन्त्री सतिस सिंहसँग बार्षिक वजेट पुष्तिका पुनर्लेखनको माग गर्दै आइरहेका थिए । तर मुख्यमन्त्रीले बार्षिक वजेट पुष्तिका पुनर्लेखन नहुने जनाएपछि शुक्रबार बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा लोसपाले विरोध जनाएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ । 

सम्वन्धित समाचार

Leave a Comment