26.3 C
Birgunj
2:37 AM | Monday, September 16th, 2024

Headlines

५०० रुपैयाँ जरिवाना तिरेर रिहा भए श्रीनिवास

धनुषा — घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय जरिवाना तिराएर रिहा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले श्रीनिवासलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ५ सय दण्ड गराएर जरिवाना तिराएर रिहा गर्ने आदेश दिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा गल्ती स्वीकार गरेपछि श्रीनिवासलाई रिहा गरिएको हो ।

1.8KSHARES

समाचार

५०० रुपैयाँ जरिवाना तिरेर रिहा भए श्रीनिवास

आश्विन १८, २०८०देवनारायण साह

मोरङ — घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय जरिवाना तिराएर रिहा गरेको छ ।

५०० रुपैयाँ जरिवाना तिरेर रिहा भए श्रीनिवास

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले श्रीनिवासलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ५ सय दण्ड गराएर जरिवाना तिराएर रिहा गर्ने आदेश दिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा गल्ती स्वीकार गरेपछि श्रीनिवासलाई रिहा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान गरेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ५ सय जरिवानामा रिहाइ गर्ने आदेश दिएको बताए ।

आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीकाे सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । आचार्य श्रीनिवासलाई घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका उनलाई मुद्दा दर्ता गरेर अनुसन्धान सुरू गरेको हो । श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment