36.5 C
Birgunj
6:27 PM | Monday, May 13th, 2024

Headlines

मिलन लिम्बू बने इलाम-२ बाट रास्वपाको उम्मेदवार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए। 

‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो।

लिम्बूसँग रास्वपा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री ढकाल लगायतले पटक-पटक छलफल गरेका थिए। लिम्बू रास्वपाबाट उम्मेदवार बन्न तयार भएपछि उनको नाम उम्मेदवारको प्रारम्भिक सूचीमा राखिएको थियो।

बुधबार लिम्बूसहित ६ जना आकांक्षीको सूची रास्वपाले सार्वजनिक गरेको थियो।

बिहीबार दाबी विरोधको समय तोकिएको थियो। उक्त समय सकिएपछि उम्मेदवारका आकांक्षीहरूका बीचमा छलफल गरेर लिम्बूलाई नै सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निष्कर्षमा रास्वपा पुगेको हो। 

सम्वन्धित समाचार

Leave a Comment