14.8 C
Birgunj
12:31 AM | Saturday, December 21st, 2024

खेलकुद

विश्वकपमा मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने

नेपालअखबार, काठमाडाैं । कतार विश्वकपमा अर्जेन्टिनाको सफलतापछि लियोनल मेस्सी बसेको होटलको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ ।  मेस्सीले घट वर्षको लागि आफ्नो राष्ट्रको पहिलो विश्वकप जितमा महत्वपूर्ण भूमिका खेलेका थिए, र फाइनलमा दुई पटक गोल गरेपछि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। ३५ वर्षीय खेलाडीले सात गोल गरेपछि सिल्भर बुट पनि पाएका थिए ।

उनका उपलब्धिहरू अब अमर बन्ने भएका छन् । अचराफ बेन अयादले ट्वीट गर्दै कतारको विश्वविद्यालयमा उनी बसेको ठाउँलाई ‘सानो संग्रहालय’ मा परिणत गरिने घोषणा गरेका हुन् ।  यसले उत्सुक प्रशंसकहरूलाई सर्वकालीन महान फुटबलरको रूपमा चिनिएका मेस्सीले कसरी विश्वकप अभियानका खेलहरू बीचको समय बिताए भनेर हेर्न अवसर प्रदान गर्नेछ।  –डेली मेल

सम्वन्धित समाचार