27.8 C
Birgunj
8:02 PM | Sunday, September 15th, 2024

Headlines

कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने एमाले अध्यक्ष अाेलीकाे दाबी

वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसीमाभित्रै जसरी पनि सरकारले सदनबाटै बजेट ल्याउने बताएका छन् ।

वीरगन्जमा शुक्रबार नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बजेट ल्याउने समय थोरै रहेको भन्दै चुनौती बढ्दै गएको बताए ।

कांग्रेसले संसदमा अवरोध गरिरहेको अवस्थामा अब त्यसको कुनै परवाह नगरी सदन चलाउने ओलीले बताए । ‘गतिशील बनाउन देशलाई बजेट दिनैपर्छ, त्यो हामी ल्याएर छाँड्छौँ,’ उनले भने ।  

कांग्रेसले संसदमा जसलाई भन्यो, त्यसैलाई मात्र बोल्न दिनुपर्ने भन्ने अस्वीकार्य रहेको भन्दै ओलीले कसैमाथि आरोप लगाइन्छ भने त्यो व्यक्तिलाई संसदमा बोल्छु भन्दा समय दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेलाई एमालेले बोकिरहनुपर्ने कुनै जरुरी नभएको तर कसैले कसैमाथि आरोप लगायो भने आरोपित व्यक्तिले आफ्नो कुरा राख्न पाउनुपर्ने एमालेको मान्यता रहेको बताए ।

उनले बिहीबार संसद् बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाउँमा हुल बाँधेर आएको र हातपात नै गरौँलाजस्तो व्यवहार गरेको बताए ।

सम्वन्धित समाचार

Leave a Comment