34.3 C
Birgunj
11:41 AM | Monday, May 13th, 2024

Headlines

दलित ज्ञान उत्सवको अठाेट : ‘जात व्यवस्थालाई जरैदेखि उखेलेर फाल्न सबै जुट्न जरूरी छ ।

वीरगञ्ज ।  दलित समुदायको सीपको संरक्षण र कलाको प्रबद्र्धन गर्नुपर्ने रुपन्देहीको तिलोत्तमामा सम्पन्न तीन दिवसिय प्रथम दलित ज्ञान उत्सवले निचोड निकालेको छ । दलित रिडर र तिलोत्तमा नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित दलित ज्ञान उत्सवमा भएका विविध विषयको बहसले दलितको श्रम र पेसालाई सम्मानीत बनाउनुपर्ने विषय प्राथमिकताका साथ उठाएको छ । 

‘दलित श्रम, सीप र उद्यम ः सामाजिक न्याय र समृद्धिको माध्यम’ भन्ने नारालाई उत्सवमा उठाइएका विषय र वक्ताहरुको विचारले सार्थकता प्रदान गरेको दलित रिडरकी कार्यकारी अध्यक्ष रुकमणी नेपालीको बुझाई छ । उनले भनीन्, ‘हामीले दलित ज्ञान उत्सवलाई ऐतिहासिक बनाउने योजना बनाएका थियौँ । जात व्यवस्थाको जरो उखेल्न केही ईट्टा थप्ने हाम्रो प्रयास हो ।’ 

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले सामाजिक न्याय र दलित समुदायको सशक्तीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । दलित समुदाय आविस्कारका उपज भएको बताउँदै मेयर खाँडले

उनले भने, ‘जात व्यवस्थालाई जरैदेखि उखेलेर फाल्न सबै जुट्न जरूरी छ । अहिले दलित समुदायले प्रेम गर्नु पनि अपराध सरह हेरिन्छ । गैरदलितले आफ्नै जातसँग प्रेम र विवाह गर्दा केही हुँदैन तर दलितले गैरदलितसँग विवाह गर्दा बालविवाह हुन्छ वा अपराध हुन्छ ।’ 

श्रम र सीपका धनी दलित समुदायलाइ निरूत्साहित गर्ने र उनीहरूको सीप तथा श्रमको अपमान गरेकै कारण अहिलेको दूरावस्था आएमो उनको बुझाइ छ । श्रमको सम्मान गर्ने र दलित समुदायको सीपलाइ व्यवसायीकरण गर्न सकेमा वैदेशिक रोजगारीमा जानेको संखा कम हुने मेयर खाँड दाबी गर्छन् । तिलोत्तमा नगरपालिका दलित समुदायको सशक्तीकरणसँगै जात व्यवस्थाको विरूद्धमा हातेमालो गर्न पछि नहट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

तीन दिवसीय कार्यक्रमको उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति प्रमुख रवी सेन्चुरीले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यका क्रममा उनले दलितको अथाह ज्ञानलाई अज्ञानका रुपमा परिभाषित गरेको तर्क गरे । दलितको ज्ञानलाई अज्ञान मानेर दलित समुदायमाथिको अत्याचारको क्रमलाई सुरुवात गरिएको जानकारी गराउँदै उनले दलितका सीप, कला र ज्ञानलाई उजागर गर्नुपर्ने आवश्यक्ता औँल्याए । 

दलित वर्गमा पनि ज्ञान हुन्छ र ? भन्ने भाष्यलाई तोड्नका लागि दलित ज्ञान उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको दलित रिडरका सल्लाहकार अर्थविद् सुवास नेपालीको भनाई छ । उनले भने, ‘ज्ञान, विज्ञानको अन्वेषण गर्नेहरूको उत्सव नै दलित उत्सव हो । विभेदको गहु्रङगो भारी बोकेर प्रतिकारका लागि खरो उत्रिनुपर्ने सन्देश पनि हामीले दिन सकेका छौँ ।’ 

उत्सवको उद्घाटन सत्रमै सामाजिक न्यायका लागि लेखिएका लेखहरुको संग्रह ‘सामाजिक न्यायका शब्द बिम्बहरु’ पुस्तकको बिमोचन गरिएको थियो । जसमा दलित रिडरले नै सञ्चालन गरेको सामाजिक न्यायका लागि लेखन कार्यशालाका सहभागीहरुको लेख समावेश गरिएको दलित रिडरकी कार्यकारी सदस्य गौरी नेपालीले जानकारी दिइन् । 

तीन दिवसिय दलित ज्ञान उत्सवमा विभिन्न विषयमा २३ वटा सत्र सञ्चालन गरिएको थियो । विकास तथा अर्थशास्त्री सुभाष नेपाली र मानवशास्त्री सुरेश ढकालबीचको संवादबाट बहसको सुरुवात भएको थियो । यि दुवै जनाले ‘दलित उद्यमका कुरा’ विषयमा रहेर दलितका सीप, कौशल र कलासँगै त्यसलाई हेरिने दृष्टिकोणका विविध आयाम बारे खुलेर चर्चा गरे । 

पहिलो दिनको दोस्रो सत्र ‘ज्ञानको जातशास्त्र’ मा भएको बहसले सबैको ध्यान केन्द्रित गरेको थियो । विकास विश्वकर्माले सहजीकरण गरेको उक्त सत्रमा अध्येता जेबी विश्वकर्माको विचार सुनीरहुँ लाग्ने थियो । श्रम नै ज्ञानको स्रोत भएको उनको धारणा छ । सबै भन्दा धेरै श्रम गर्ने दलित भएको हुँदा दलित नै ज्ञानको स्रोत भएको पनि उनले बताए । श्रम नगर्नेहरुले षड्यन्त्र गरेर श्रमीकलाई अपमानित गरेको उनको भनाई छ । उनले ज्ञानको श्रोतदेखि दलित, श्रम र ज्ञानबीचको अन्तरसम्बन्धलाई सरल रुपमा प्रकाश पारे । त्यस्तै लेखक तथा अनुसन्धाता संजय कुमार पासी र दृश्य अध्येता उषा तितिक्षुले पनि आफ्नो अनुभव र विचार राखेका थिए । 

‘नेपालको शिक्षा र दलित’ विषयको सत्रमा शिक्षा र दलितका विविध आयामको बारेमा वक्ताहरुले चर्चा गरेका थिए । सामाजिक अभियानता होमराज आचार्य, अध्येता पुष्पा सुनार र सामाजिक न्यायका लागि लेखनकर्मी अरुण कुमार पासवान वक्ता रहेको सत्रको सहजकर्ता शिक्षा पत्रकार कृष्ण मल्ल थिए । 

सम्वन्धित समाचार

Leave a Comment