काठमाडौँ — १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत नेपालले भारतको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नेपालले मंगलबार भारतसँ हाङचाउमा नेपाली समयअनुसार बिहान पौने ७ बजे खेल्दै छ
एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो । नेपालले एसियली खेलकुदमा भारतसँग पहिलो ट्वान्टी-२० आई खेल्ने भएको हो ।
यस्तै, क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।
समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो ।