आज बिरगंज महानगरपालिका वडा नं ३१ मा बधाइ तथा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । पर्सा जिल्लाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यको रुपमा नेपाली कांग्रेसका नेता एवम समाजसेवी अनिल रुङ्टा मनोनीत हुनुभएको मा उनलाइ सम्मान गर्दै बधाई तथा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
सविधानसभा सदस्य रहि सकेका अनिल रुङ्टा नेपाली कांग्रेसको पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने गरेका छन।उनको फाउन्डेसन मार्फत गरिब असाहायले धेरै सहयोग पाइरहेको छ। नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा मनोनीत भएका रुङ्टाले बधाई तथा शुभकामना कार्यक्रता भेटधाट कार्यक्रममा बोल्दै जिल्लामा नेपाली लाई बलियो बनाएर लैजान पार्टीले थप जिम्मेवारी दिएको बताएका छन्। पर्सा जिल्लामा नेपाली कांग्रेस लाई एकजुट गरि थप मजबुत बनाउने बताए । आउने चुनाव का दिनहरु मा पर्सा जिल्लामा नेपाली कांग्रेस लाई जिताउन सब नेता कार्यकर्ता एकजुट भएर काम गरे मात्र जित हासिल गर्न सकिने बताए ।
त्यस्तै बधाइ तथा स्वागत कार्यक्रममा बोल्दै बिरगंज महानगरपालिकाका उप-मेयर एवम नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलमले पर्सा जिल्लाबाट केन्द्रिय सदस्य मा मनोनीत हुनुभएका सविधानसभा सदस्य अनिल रुङ्टा बिकास प्रेमी नेता एवम चर्चित समाज सेवि हुन । उनले बिरगंजको विकासको लागि धेरै मेहनत गरेको तथा बिरगंजमा विभिन्न भौतिक बिकासमा उनको भुमिका बढी रहेको बताए ।
आज भएको बधाइ तथा स्वागत कार्यक्रम बिरगंज महानगरपालिका वडा नं ३१ का पुर्ब वडा अध्यक्ष चुमन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यस्तै उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका उप-सभापति रामनारायण कुर्मी,नेपाल मुस्लिम संघका जिल्ला सभापति हबिब मिया,नेपाली को क्षेत्र नं १ का अनिल सिंह,ने.वि.संघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने,रामनिवास यादव,युवा नेता धर्मराज यादव,बिरगंज महानगरपालिकाका उपमेयरका स्वकीय सचिव शेष हजरा लगायत उल्लेख्य रुपमा नेपाली कांग्रेस कार्यकार्ता तथा जनताको उपस्थिति रहेको थियो ।