देशै भरि नुनकाे सहज अापुर्ति र समुन्द्रपार मुलुकहरूमा निकासी हुने तथा ती मुलुकहरू बाट पैठारी हुने सामानहरूकाे निमित्त पारवहन संवन्घी सेवा, सुविधाहरू प्रदान गर्ने उद्देश्यले वि.सं २०२८ सालमा स्थापित नेपाल पारवहन तथा गाेदाम व्यवस्थापन कं.लि ५२ वर्ष पूरा गरी ५३ अौ वर्ष पूरा गरेकाे छ ।
नेपाल पारवहनकाे वार्षिकोत्सबमा बाेल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल सरकारले वर्तमान परिवेशमा असान्दर्भिक भएका कार्यमा दाेहाेराेपन भएका सरकारी कार्यालय सार्वजनिक संस्था र विकास समितिहरू एक आपसमा गाभ्ने वा खारेज गर्ने नीति अनुरूप नेपाल पारवहन तथा गाेदाम व्यवस्थापन कं.लि काे जिम्मेवारी अझ व्यापक हुनेछ भन्नुभाे ।
आफ्नो स्थापनाकाल देखि निरन्तर सेवामा समर्पित यश कम्पनीले हाल नेपालकाे आयत निर्यात व्यापारमा आवश्यक सेवा सुविधा उपलब्ध गराई खर्चमा स्थिरता ल्याउने जस्ता कार्यहरू गर्दै आईरहैको जिकिर गर्दै नेपाल र बंगलादेश बीच स्थलमार्गबाट हुने आयात निर्यात कार्यमा कम्पनीले सरकारकाे प्रतिनिधिकाे रूपमा काम गर्नुका साथै काेलकाता तथा हल्दिया पाेर्टमा भाडामा लिएकाे जमिनमा आवश्यक पुर्वाधार निर्माण गर्न समेत निर्देशन दिनु हुँदै शुभकामना व्यक्त गर्नुभाे ।