वीरगञ्ज । वीरगञ्जमा हिजोदेखि सुरु भएको “बीवाइडी एक्सचेञ्ज क्याम्प” काे आज पनि निरन्तरता रहेकाे छ । पुरानो गाडी साटेर नयाँ बीवाइडी गाडी खरिद गर्नेदेखि टेस्ट ड्राइभ लगायतको सेवा सहित शुक्रवारदेखि वीरगञ्जमा दुई दिने “बीवाइडी एक्सचेञ्ज क्याम्प” सुरु भएको हो ।
वीरगञ्जस्थित नगर सभा गृह (टाउन हल) मा बिहान ११ बजेदेखि सुरु भएको एक्सचेञ्ज क्याम्पमा ग्राहकहरूले आएर बीवाइडी गाडीको बारेमा बुझ्नेदेखि पुरानो गाडी ल्याएर एक्सचेञ्ज समेत गरिरहेको आयोजक तथा वीरगञ्जमा गाडीको आधिकारिक बिक्रेता नीरज अटोमोबाइल्स प्राइवेट लिमिटेडका सञ्चालक आकाश सर्राफले जानकारी दिए ।
क्याम्पमा ग्राहकहरूले बीवाइडीले उपलब्ध गराउँदै आएका विभिन्न मोडेलका गाडीहरूको टेस्ट ड्राइभ गर्नेदेखि फाइनान्स र इन्सुरेन्स सुविधासमेतका बारेमा जानकारी लिइरहेको सर्राफले जानकारी दिए ।
विश्व सर्वोत्कृष्ट विद्युतीय गाडीको ब्रान्डका रूपमा परिचित बीवाइडी प्रति आफूले अपेक्षा गरेको भन्दा पनि बढी ग्राहकहरूले विश्वास देखाएको सर्राफको भनाई छ ।
एक्सचेन्ज क्याम्पमा सहभागी ग्राहकले आफूले प्रयोग गरिरहेको कुनै पनि कम्पनीको प्यासेन्जर भेइकलसँग नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय बीवाइडी गाडीसँग एक्सचेञ्ज गर्न सक्ने नीरज अटोमोबाइलसका अर्का सञ्चालक गौरभ अग्रवालले बताए ।