31.5 C
Birgunj
10:46 AM | Friday, May 17th, 2024

Headlines

मधेस प्रदेशमा मन्त्री मण्डल पुनर्गठन ।

धनुषा । केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा पनि देखिन थालेको छ । केन्द्रीय सत्ता समीकरण परिवर्तनको प्रभाव मधेस प्रदेश सरकारका मन्त्री परिवर्तनबाट देखिन थालेको हो ।

सोमबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट मन्त्री भएकाहरूलाई बर्खास्त गरेर एमालेलाई सरकारमा सामेल गराउँदै मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा गएका छन् ।

यसअघि मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्री सहभागी थिए । एमाले सरकारमा गएसँगै यो प्रदेशमा जसपा, माओवादी र एमाले गरी तीन दल सहभागी भएका छन् । एमालेबाट यो प्रदेशमा चार जना मन्त्री बनाउने सहमति भएको बताइए पनि पहिलो चरणमा सरोज मात्र मन्त्री बनेका हुन् ।

सम्वन्धित समाचार

Leave a Comment