29.3 C
Birgunj
3:16 PM | Sunday, September 15th, 2024

समाचार

खैराे हिराेइन सहित बाराबाट एक जना पक्राउ

वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले भारत गोरखपुर खजुरी ग्राम पंचायत बस्ने बर्ष ६० को संतोष कुमार त्रिपाठीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको अधारमा खटिएकाे प्रहरी टाेलीले बिहिबार बिहान १०:०० बजेको समयमा बाराकाे जितपुरसिमारा उपमहानगरपालिकाकाे वडा नं. २१ अमलेखगंज स्थित त्रिभुवन राजमार्गबाट त्रिपाठीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ना.१.ज. २०८६ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार त्रिपाठीले आफ्नो दुबै खुट्टामा २/२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन दुई सय ग्राम ईलास्टिकले बाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषाेत्म प्रसाद पाण्डेले जानकारी दिए । साथै उक्त ना.१.ज.२०८६ न. को टाटा सुमो तथा सोका चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भई रहेको प्रहरीले जनाएकाे छ ।

सम्वन्धित समाचार

Leave a Comment