30.6 C
Birgunj
2:49 AM | Friday, May 17th, 2024

मधेश प्रदेश

चुस्त संगठन ले नै निर्वाचीत जन प्रतिनिधिहरुलाई दिशानिर्देश गर्न सक्छ, रमेश रिजाल ने.का केन्द्रीय सदस्य ।

बीरगंज,२३
नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नंं ४ क्षेत्रीय कार्यसमिति द्वारा आयाेजीत निर्वाचीत जनप्रतिनिधि एवम् पार्टि पदाधिकारीहरुको संयुक्त भेला प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल को प्रमुख आतिथ्यमा बीरगंज रानीसती धर्मशालामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेता रिजालले निर्वाचीत जनप्रतिनिधिहरु ले आम मतदाताहरू र पार्टिका साथिहरुको भावना लाई समेटेर अगाडी बढे जनप्रतिनिधिहरु प्रति जन विस्वासमा बढोत्तरी भई संघीय संरचनाको उपादेयता हुने बताउनु भयो ।

ने का मधेश प्रदेश का महामन्त्री बृहस्पति कृष्णा श्रेष्ठ, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीकोसमेत उपस्थिती रहेको थियो ।


क्षेत्रीय सभापति श्रीकांत प्रसाद यादवको सभापतीत्वमा भएको भेलामा क्षेत्र भित्रका प्रदेश, गाउँ, वडा सभापति लगाएत निर्वाचीत जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

Leave a Comment