25.6 C
Birgunj
3:19 PM | Saturday, December 21st, 2024

राजनीति

पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले लिए शपथ

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (बुधबार) सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

पथग्रहण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि उपस्थित थिए । दाहाल नेतृत्वको मन्त्रिपरिषद्‍का २२ मन्त्रीहरूले यसअघि नै शपथ लिइसकेका छन् । पर्यटन राज्यमन्त्री सिर्पाली भने मंगलबारको शपथग्रहण समारहोमा छुटेकी थिइन् ।

२०६८ मा उनी दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादी केन्द्रलाई चार मन्त्री र एक राज्यमन्त्री परेको थियो ।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री, रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुदन किराती पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रीपाली राज्यमन्त्री भएका छन् ।

सम्वन्धित समाचार