29.3 C
Birgunj
12:42 PM | Wednesday, September 18th, 2024

समाचार

डाक्टर जिसी नेतृत्वको वैदेशिक रोजगार व्यवसायीहरूको प्यानल चुनावी घरदैलो अभियानमा

नेपालअखबार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही माघ ६ गते हुन गइरहेको निर्वाचनको लागि यतिबेला व्यवसायीहरुको दौड धुप चलिरहेको छ । निर्वाचन आफ्नो पक्षमा पार्नका लागि प्यानल घोषणा गरेर व्यवसायीहरू दौड धुपमा छन् । निर्वाचनलाई लक्षित गर्दै डा. ईश्वर जिसी नेतृत्वको संयुक्त व्यवसायीक प्यानल भने यतिबेला उपत्यकामा भएका विभिन्न ठाउँका व्यवसायीसँग घरदैलो गर्दै अन्तरक्रिया गरिरहेको छ ।

सोमबार ललितपुर क्षेत्रका व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको प्यानलले मंगलबार बसुन्धरा क्षेत्रका व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । बसुन्धराको यति पार्टी प्यालेसमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले त्यो क्षेत्रका व्यवसायीका समस्या सुनी संघमा निर्वाचित भएपछि गर्न सक्ने सुधारका विषयमा प्रतिवद्धता समेत जनाएका छन् । साथै आफूहरू व्यवसायीका समस्या समाधानका लागि नै आफ्नो उम्मेदवारी रहेको पनि  बताएका छन् ।

डा. ईश्वर जिसी प्यानलले १६ बुँदे प्रतिबद्धता पनि जाहेर गरेको छ । समग्र व्यवसायीका समस्या  समाधानका लागि आफूहरू लागि रहेको पनि प्यानलले जनाएको छ । यही माघ ६ गते हुने निर्वाचनमा ८८० मेनपावर व्यवसायीहरु सहभागि हुनेछन् । प्रगतिशील प्यानलले १६ बुँदे प्रतिवद्धता प समेत सार्वजनिक गरेको छ । “देश विकासको आधार– सम्मानित बैदेशिक रोजगार” भन्ने नाराका साथ जारी गरिएको प्रतिवद्धता पत्रका १६ बुँदाहरु यसप्रकार छन्ः

१) निर्वाचीत भएको तीन महिना भित्र नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको भवन निर्माण गर्न शुरु गरीने छ ।

२) बैदेशिक रोजगार ऐन २०६४ मा भएको प्रावधान अनुसार लगातार २ वर्ष भित्र वार्षिक १०० संख्या कामदार नपठाएमा लाइसन खारेज गरिने र ब्यवसायीले लिन पाउने सेवा शुल्कमा १ महिनाको तलब बराबर हुने गरि कानुन संशोधन गर्न सरकार संग पहल गरिने छ ।

३) सबै प्रकारको बैदेशिक रोजगार ब्यवसायको सिन्डिकेटहरुको अन्त्य गर्ने ।

४) बैदेशिक रोजगार कसुर फौजदारी कानुन अन्र्तगत नभई देवानी तथा बाणिज्य कानुन अन्तरगत फस्र्यौट गराउन पहल गरीने छ । ५) बैदेशिक रोजगारमा आउने उजुरीहरु संघको कार्यलयमा ल्याई मध्यस्तता गर्ने ब्यवस्था मिलाईने छ ।

६) वैदेशिक रोजगार कल्याणकारी कोषको रकम उद्धेश्य अनुरुप ब्यवसाय प्रवद्र्धनमा समेत उपयोग गर्न र भविष्यमा आई पर्ने कोभिड जस्ता अर्थिक संकट कालमा यस ब्यवसायीले जम्मा गरेको धरौटी रकम बाट पछि भुत्तानी गर्ने गरी उपयोग गर्न पाउने ब्यवस्था मिलाईने छ ।

७) मागपत्र प्रमाणिकरण सम्वन्धी समस्या समाधान गर्न बिदेशमा रहेका कुटनितीक नियोग तथा दुताबासमा सहजिकरणको लागि पहल गरिने छ ।

८) पुर्व स्विकृती सम्वन्धी दफा १५ देखी १९ सम्मको ब्यवस्था खारेज गरी रोजगार संझौता अनुसार अन्तिम स्विकृति लिन ब्यवस्थाका निम्ती वै. रो. ऐन संशोधन गर्न पहल गरिने छ ।

९) घरेलु श्रमीकहरु लाई सुरक्षीत रुपमा वैदेशिक रोजगारमा जानको लागि सिपमुलक तालिमको ब्यवस्था गरी वातावरण तयार गरिनेछ ।

१०) FEIMS मा देखिएका समस्या समाधान गरी झन्झटिलो प्रकृया अन्त्य गरिने छ ।

११) धरौटी वृद्धि भई सकेको अवस्थामा पनि छुट्टाछुट्टै इजाजतपत्र लिनु पर्ने व्यवस्था अन्त्य गर्न पहल गरिने छ ।

१२) मासिक शुल्क तथा सदश्यता नविकरण लगाएतका सहजिकरणको लागि कार्यलयमा नै कर्मचारी खटाउने वा अनलाईन मार्फत नै भुत्तानी गर्ने ब्यवस्था मिलाइने छ ।

१३) श्रम गन्तब्य मुलुकहरु सँग समन्वय गरि बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षा तथा अन्य सेवा सुविधाको ग्यारेन्टी गर्न पहल गर्ने ।

१४) खुला भएका सवै गन्तब्य मुलुकहरु संग श्रम सम्झौता गर्ने तथा न्युनतम पारिश्रमिक तोक्न लगाउन पहल गर्ने ।

१५) वै रो विभागमा ब्यवसायी स्वयं उपश्थित हुन नपर्ने प्रतिनिधी मार्फत प्रतिनिधीत्व गर्न पाउने ब्यवस्था गरिने छ ।

१६) वै रो. ब्यवसायलाई सम्मानित सेवा उद्योगमा स्थापित गर्ने । ब्यवसायीको भलाई कोष र विमाको ब्यवस्था गरिने छ ।

सम्वन्धित समाचार