29.3 C
Birgunj
9:48 AM | Wednesday, September 18th, 2024

राजनीति

स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच स्थापित हुनु पर्छ उपराष्टपति पुन

नेपालअखबार, काठमाडौ । नेपाल अर्वुद रोग निवारण संस्थाको ३२ औं  साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भक्तवुरको बोडेमा संस्थाको ३२ औं  साधारणसभालाई उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको हो ।  साधारण सभाको उद्घाटन गर्दै उपराष्टपति पुनले  आम समुदायको आधारभुत स्वास्थ्य सेवामा समान पहुँच  हुनुपर्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य सेवामा आम समुदायको सहज सुलभ र समान पहुँच अभिवृध्दि गर्नुपर्नेृमा सरकारलाई  ध्यानाकर्षण गराउनु भयो । उहाँले उपभार अभावमा मृत्युवरण गर्नुपरेका घटनाहरु दुखद भएको बताउनु भयो । क्यान्सर जस्तो रोगको नियन्त्रण् र निवारणमा नेपाल अर्वुद रोग निवारण संस्थाले उल्लेखनिय भूमिेका निर्वाह गरेको भन्दै विश्वमा मानव जगतले नयाँ नयाँ रोगको सामना गरीरहनु परेको र त्यसवाट हामी नेपालीहरु पनि अछुतो नभएको बताउनु भयो ।

क्यानसरकै कारण वर्षेनि ३६ हजार नेपालीलाई सताउने गरेको र १५ देखि १७ हजारको मृत्यु पनि त्यही कारणवाट हने गेरेको हतथ्यांक रहेकोे बताउनु भयो । अर्वुद रोग निवारण संस्थाले भरतपुर क्यान्सर अस्पताल ,लाहान क्यान्सर केयर मार्फत सेवा प्रदान गर्नुका साथै प्रतिकात्मक र उपचारात्मक अन्य कार्य मार्फत सचेतनाका कार्यहरु गरेको , क्यान्सर पिडितले पाउने एक लाख सुविधा,मासिक ५ हजार सुविधा सहित सूर्तिजन्य पदार्थको नियन्त्रमा संस्थाले गरेको प्रयास सह्रानिय भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सांसद् तेजुलाल चौधरीले नेपालमा ऐन नियम कानुन वनुेपनि कार्यान्वयनको अभाव भएको भन्दै सूर्तिजन्य पदार्थको नियन्त्रणमा वनेका ऐन नियम कानून कार्यान्वयनको अभाव भएको बताउनु  भयो ।  कार्यक्रममा मध्यपूर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,,संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

साधारण सभामा संस्थाका  अध्यक्ष महेश श्रेष्ठले वार्षिक कार्ययोजना सहित आगामी कार्यक्रम ,केन्द्रीय महासचिव विमलकुमार होडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिनेश शंकर पालिखेले आर्थिक प्रतिवेदन र कार्यतालिका पेश गर्नुभएको थियो ।  देशभरमा ४५ वटा जिल्ला शाखा रहेको अर्वुद रोग निवारण संस्थामा ३ हजार वढी सक्रिय सदस्य र १० हजार वढी स्वयंसेवकहरु रहेको  साधारण सभामा संस्थाको नियमित कार्यमा सहयोग पुयाउँदै आएका विभिन्न संघ संस्था औद्योगिक प्रतिष्ठान, व्यापारी एवं व्यक्तिहरु सहित उत्कृष्ट शाखाको रुपमा सिरहा ,मकवानपूर ,कास्की र संखुवासभालाई सम्मान समेत गरेको संस्थाका सदस्य प्रकाश खतिवडाले बताउनु भयो ।

सम्वन्धित समाचार