29 C
Birgunj
4:30 AM | Tuesday, May 14th, 2024

शिक्षा

मनिपाल कलेजमा‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न

नेपालअखबार, पोखरा । पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा‘ह्वाइट कोट सेरेमनी’सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट)प्रदान गरिएको हो ।
आज (मंगलबार) दिपस्थितकलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उनिहरुको सुझाव थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेली शैक्षिक इतिहासका धरोहरजर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसकोमनोविज्ञान र त्यसमाखेल्नुपर्ने भूमिकाबारे धारणा राखे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्णहुने उनको भनाई थियो ।
पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजकोगुणस्तरबृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उनको भनाई थियो ।
मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे ।
कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गरे ।
कलेजका पहिलो ब्याचका विद्यार्थि डा. पदम बहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थि हुनुमा गौरव रहिरहने सुनाए । डा. खड्कालेविश्वकै स्वास्थ्य संस्थाहरुमामनिपालबाट उत्तिर्ण विद्यार्थीहरुको बलियो प्रभावपर्ने भएकालेमर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न सुझाए ।
सो अवसरमा कलेजका विद्यार्थीएवं गोल्ड मेडलिस्ट डाक्टर जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार