34.4 C
Birgunj
3:11 PM | Wednesday, September 18th, 2024

दुर्घटना

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।

बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।

सम्वन्धित समाचार