27.8 C
Birgunj
5:21 PM | Sunday, September 15th, 2024

राजनीति

जनमतका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भोलि फाइनल हुने

नेपालअखबार, काठमाडौं । जनमत पार्टीका सांसद एवं विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनले बताए । ‘भोलिसम्म आश्वासन दिनुभएको छ,’ उनले भने, ‘भोलि फाइनल निर्णय हुन्छ ।’

थुप्रै विकल्पहरुबारे पन छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको’ पनि उनले बताए ।

सम्वन्धित समाचार