नेपालअखबार, एजेन्सि। भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा बिहिबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिणमा जमिनबाट २०० किलोमिटर मुनि रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको तीव्रता रिक्टर स्केलमा ५।९ मापन गरिएको थियो ।