नेपालअखबार, वीरगञ्ज । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् ।
पर्साको जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।
उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको कारण पठनपाठनमा कठिनाई भएको हुँदा मंगलबारदेखि शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।