32.9 C
Birgunj
2:05 PM | Tuesday, September 17th, 2024

समाचार

बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का

नेपालअखबार, बागलुङ। बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।

यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ।

त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।

भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन।

सम्वन्धित समाचार