नेपालअखबार, पोखरा । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीले हालै नेकपा एकिकृृत समाजवादीमा प्रवेश गरेका गण्डकी प्रदेशसभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री राजिव गुरुङलाई एक कार्यक्रम गरी स्वागत गरेको छ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री तुल वहादुर गुरुङले खादा लगाएर मन्त्री गुरुङलार्ई स्वागत गरेका थिए । सो अवसरमा अर्का स्थायी कमिटी सदस्य चुडामणि जंगली, पोलिटव्यूरो सदस्य श्रीनाथ वराल, केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, केन्द्रिय सदस्यहरु कृष्ण नेपाली, रत्ना गुरुङ, प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरुले गुरुङलार्ई खादा र अविर लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा मन्तव्य ब्यक्त गर्दै पूर्व मन्त्री एवं नेकपा एककिृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङले नेकपा एकिकृत समाजवादी पार्टिले निर्वाचनमा प्राप्त गरेको मतलार्ई पूँजीको रुपमा लिदै एकतावद्ध भई संगठन निर्माणमा लाग्नुपर्ने वताए । राष्ट्रिय पार्टि वन्न केही मत नपुगेपनि पार्टि गठनको छोटो समयमा पार्टिले प्राप्त गरेको मत सन्तोषजनक भएको वताउदै आगामी ५ वर्ष पछि हुने निर्वाचनमा आफ्नो पािर्ट अहिलेका ठूला हुँ भन्ने पािर्टहरुलाई चुनौती दिने वताए । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीलाई स्वागत गर्दै मन्त्री गुरुङको प्रवेश पछि पार्टि अझै शक्तिशाली हुने गुरुङले वताए । सो अवसरमा स्थायी कमिटी सदस्य चुडामणी जंगलीले राजीव गुरुङसंगै एमालेमा पनि काम गरेको र नेकपा हुँदा नेकपामा पनि स्वागत गरिएको वताउदै हाल नेकपा एकिकृत समाजवादीमा स्वागत गर्न पाउदा खुसी लागेको वताउदै गुरुङको प्रवेशले मनाङ जिल्लामा मात्रै हैन गण्डकी प्रदेशमै पार्टिलाई वलियो वनाउन मद्धत पुग्ने वताए । कार्यक्रममा सोही पािर्टका पोलिटव्यूरो सदस्य श्रीनाथ वरालले गुरुङको प्रवेशले गण्डकी प्रदेश सभामा पािर्टको प्रतिनिधित्व भएको र अव वन्ने क्याविनेटमा पनि प्रतिनिधीत्व हुने विश्वास ब्यक्त गरे । सोही पार्टिका केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन गर्न विभागिय मन्त्रीको हिसावले मन्त्री गुरुङ सफल भएको वताउदै जनप्रतिनिधिको हिसावले पार्टिमा संगै काम गर्न पार्ईने भन्दै खुसी ब्यक्त गरेका थिए ।
स्वागत कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङले आफु नेकपाको सदस्यरहेको वेला नेकपा विभाजन भएसंगै स्वतन्त्र वसेको वताउदै हाल नेकपा एकिकृत समाजवादी पार्टिको कार्यशैली, विचार सिदान्त मन परेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको वताए । अव आफुले पार्टिका नेता कार्यकर्ताको साथ लिएर पार्टिको संगठन निर्माण एवं सरकारमा काम गर्ने वताए । नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्ण लामा र सञ्चालन उप सचिव डिवी राईले गरेका थिए ।
previous post