25.6 C
Birgunj
3:26 PM | Saturday, December 21st, 2024

राजनीति

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै

नेपालअखबार, एजेन्सि। चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् ।

आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

सम्वन्धित समाचार