19 C
Birgunj
7:01 PM | Friday, January 3rd, 2025

राजनीति

सिके राउत भन्छन्-सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाए

नेपालअखबार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेकाछन् ।

आइतबार दिउँसो बालकोट पुगेका थिए राउत । उनी नेतृत्वको पार्टीको समर्थनसहित माओवादी अध्यक्ष प्रचण्ड प्रधामन्त्री नियुक्त भएका छन् ।

सत्ताको पहिलो कक्षाबाट विरक्त लागे पनि काँधमा जनताको अपेक्षा र जिम्मेवारी भएकै कारण आफू बाध्य भएर सत्ताको खेलमा लागेको आशय उनले पोखेका छन् ।

आइतबार दिउँसो बालकोट बैठकमा बसेका राउतले सामाजिक सञ्जाल टुयटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास (आज)पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें ।’राउत यतिमै रोकिदैनन उनी अगाडि लेख्छन्, ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर, आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’

सम्वन्धित समाचार