29.3 C
Birgunj
12:20 PM | Wednesday, September 18th, 2024

राजनीति

रौतहट काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्षहरु सम्मानित

नेपालअखबार, काठमाडौ । नेकपा एर्कीकृत समाजवादीको रौतहट काठमाण्डौ सम्पर्क मञ्चले मञ्चका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सम्पर्कमञ्चका संस्थापक अध्यक्ष प्रज्वल चापागाई, गिरीधर मिश्र,नवराज तिमल्सिना, शंकर विश्वकर्मा,गोपाल श्रेष्ठ,चिनकुमारी सिवाकोटी र मिनप्रसाद गौतम रहनु भएको छ । उहाँहरुलाई शनिवार रौतहट काठमाण्डौ सम्पर्क मञ्चले काठमाणण्डौ स्थिति एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रमका विच सम्मान गरीएको हो ।
सम्मानितहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र सहित सम्मान गर्नु भएको रौतहट काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष सचित कुईकेलले बताउनु भयो । कार्यक्रममा पार्टीका अध्यक्ष नेपाल र पार्टीका सचिवालय सदस्य घनश्याम भुसाल लगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्वन्धित समाचार