25.6 C
Birgunj
3:16 PM | Saturday, December 21st, 2024

समाचार

स्वरोजगार यातायात मजदुरको समस्या ,चुनौती र समाधानको विषयमा छलफल, माग पुरा नभए आन्दोलनको घोषण गर्ने

नेपालअखबार, काठमाडौं । स्वरोजगार यातायात मजदुर संगठन , नेपालको पाँचौं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।  बैठक एकीकृत ट्रेड युनियन महासंघ , नेपालका अध्यक्ष विष्णु लम्सालको प्रमुख आतिथ्य एवं महासचिव दीपक पौडेलको विशेष आतिथ्य तथा एकीकृत यातायात मजदुर संगठन , नेपाल का केन्द्रीय अध्यक्ष  रबि केसीको आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको हो ।

स्वरोजगार यातायात मजदुर सङ्गठनका  केन्द्रीय खड्गबहादुर गिरीको अध्यक्षतामा बसेको बैठकले स्वरोजगार यातायात मजदुरको वर्तमान समस्या , चुनौती  र समाधानको विषयमा गम्भीरतापूर्वक छलफल गरि महत्त्वपूर्ण निर्णय गरेको छ।

आगामी कार्ययोजना पारित गर्दै बैठकले केन्द्रीय कमिटीलाई पूर्णता समेत दिएको छ। राज्यको अव्यावहारिक २० बर्से नीति र ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गर्ने कार्य बिरूद्ध सरोकारवाला पक्ष सहित वृहत छलफल गरि आन्दोलन गर्ने समेत बैठकले निर्णय गरेको संगठनका केन्द्रीय अध्यक्ष खड्गबहादुर गिरीले बताउनु भयो ।

सम्वन्धित समाचार