29.6 C
Birgunj
7:33 PM | Wednesday, September 18th, 2024

समाचार

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे उपराष्ट्रपति पुन

नेपालअखबार, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

उपराष्ट्रपति पुन आज बिहानै अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिकरुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । उनलाई पुरानै समस्या देखिएको छ । उनी जन्डिस रोगबाट पीडित छन् ।

सम्वन्धित समाचार