नेपालअखबार, काठमाडौं । जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख चयनका बारेमा छलफल गर्न मंगलबार बालुवाटारमा बोलाएको बैठकलाई जसपा र लोसपाले बहिष्कार गरेका हुन् ।
लोसपाका नेता शरतसिंह भण्डारीले अध्यक्ष नजानुको कारण आफूलाई थाहा नभएको बताए । यस्तै जसपाका नेता पूर्ण बस्नेतले पार्टीको संसदीय दलको बैठक भएकाले सर्वदलीय बैठकमा नगएको बताए । सरकारमा सहभागी नगराएका कारण दुबै दल असन्तुष्ट छन् ।
जनमत पार्टीबाट भने मन्त्री अब्दुल खान बैठकमा सहभागी भएका छन् ।