नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज भएको यति एयरलाइन्सको बिमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै नेता खनालले दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।
साथै उनले उद्दार कार्यलाई युद्दस्तरमा अघि वढाउन र मृतकको परिवारहरुलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध गराउन पनि सरकारसँग जोडदार माग गरेका छन् ।