25.6 C
Birgunj
3:21 PM | Saturday, December 21st, 2024

विचार

फिफा विश्वकप २०२२ कतार र नेपाली श्रमिकको भूमिका

नेपालअखबार । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बन्न सफल भएको छ ।
जम्मा उनन्तीस लाख जनसङ्ख्या भएको कतार विश्वका अति सम्पन्न देशमा पर्छ । भौगोलिक दृष्टिकोणले सानो तर विकासको गतिमा विश्वलाई नै चकित पर्दै विश्वसामु हिरा जस्तै चम्किदै छ । मुख्य आर्य स्रोतका रुपमा तेल तथा ग्यास निर्यातलाई नै उसको सम्पन्न्ताको कारण मानिएको छ ।

कतारका महामहिम राजदूत युसुफ मोहम्मदको नेपालमा सफल कुटनितिक तथा कुशल कार्यशैलिका कारण नेपाल र कतार विचको सुम्धुर सम्बन्ध घनिष्ठ हुदै गएको छ । अर्धविकसित देश नेपालले आफ्नो नागरिकका श्रम विभिन्न राष्ट्रहरुमा श्रमिकका रुपमा पठाउने क्रममा औपचारिक रुपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सरकारले गर्ने गर्दछ ।
नेपालको आय स्रोतहरु मध्य बैदेशिक रोजगार पनि एक हो । श्रमलाई विभिन्न राष्ट्रमा श्रमिका रुपमा जाने नेपालीहरुको सिप, क्षमता, अनुशासन र इमान्दारीताले विश्वमाझ नै आफ्नो पहिचान बनाएको छ ।
विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा फिफामा भएको मतदानमा कतारले आयोजना गर्ने बाजी मारेको थियो । विश्वकप फुटबल सञ्चालन गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पारेको थियो । विश्वमा नै चर्चाको विषय बनेको थियो भने कतारलाई अवसर र चुनौति दुवै थियो ।

सन् २०२२मा विश्वकप फुटबल सञ्चालनका लागि कतारले रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको थियो । भने रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका थिए । करिब ६० हजार नेपाली श्रमिक रंगशालामा कार्यरत रहेको अनुमान गरेको थियो । विश्वकप सफल पार्नका लागि नेपाली श्रमिक कतार लैजान नेपाल सरकारले अनुमति दिएको थियो ।
विश्वकप फुटबल प्रतियोगिताकै लागि भनेर कतारले सातवटा रङ्गशाला बनाएको छ भने फाइनल खेलका लागि एउटा सिङ्गो सहरकै विकास गरेको छ । सयभन्दा बढी होटल, नयाँ मेट्रो तथा नयाँ सडकहरूको निर्माण गरेको थियो ।
नेपाली श्रमिकले अत्यदिक गर्मिमा पनि आफ्नो श्रमदान गर्दै कतारलाई सफल बनाउन महत्पूर्ण भूमिका खेलेका छन् । कतारको मित्र राष्ट्रका रुपमा रहेको नेपालले विश्वकप फुटबल प्रतियोगितालाई सफल पार्न नेपाली श्रमिकलाई कतार जाने श्रम स्वीकृति दिएर साथ दिएको थियो । स्टडियम गार्ड तथा कामदारका रुपमा पनि नेपाली श्रमिकले श्रम गरेका थिए ।
नेपाली श्रमिकको कुशलता र मेहन्तले कतारको विकासमा प्रत्यक्ष रुपमा टेवा पु¥याका छन् । विश्वकपलाई सफल पर्न कतार सरकारले जम्मा छ महिनाभन्दा छोटो अवधिका लागि झन्डै ४,००० नेपाली श्रमिक लिन चाहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको थियो ।

कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर २०२२ मा नेपालका लागि कतारका माहमहिम राजदूत युसुफ मोहम्मदले काठमाडौंमा एक भव्य समारोह आयोजना गर्दै कतारको राष्ट्रिय दिवस साथै विश्वकप फुटबल प्रतियोगिताको उत्सव मनाएका थिए ।

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलहरू नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा सफलता पूर्ण सफल भएको छ । विश्वको माझ कतारले नयाँ कृतिमान राख्न सफल भएको छ । भौगोलिक क्षेत्र र जनसंख्याको ठूलो संख्या आवश्यक पर्दैन योजना र आटन सक्ने क्षमता भए विश्वलाई चकित पार्न सकिन्छ भन्ने उदाहरण दिएको छ । सन् २०२२को विश्वकप अर्जेन्टिना राष्ट्रको राष्ट्रिय फुटबल टिमले हात पार्न सफल भएको छ ।

सम्वन्धित समाचार