13.5 C
Birgunj
8:52 AM | Saturday, December 21st, 2024

राजनीति

बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकाेमा सोविता गौतमले गरिन् पश्चाताप

नेपालअखबार, काठमाडाैं । नवनिर्वाचित काठमाडौं क्षेत्र नम्बर २ की सांसद सोविता गौतमले ३ वर्षअघि बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे प्रतिक्रिया व्यक्त गरेकी छिन् ।  शनिबार सामाजिक सञ्जालमार्फत गौतमले सो बेला आफूले बोलेको कुरा यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनःस्थापना सहज हुनसक्छ भन्ने मेरो आशय रहेको प्रष्ट पारेकी हुन् ।

सो कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर सामाजिक सञ्जालमा जनाईको आपत्तिलाई आफूले मनन गरेको उल्लेख गरेकी छिन् ।  सो बेलाको दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै उनले अहिले आफू परिष्कृत भइसकेको बताएकी छिन् ।

उनले भनेकी छिन्– ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो । यहाँहरुको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

३ वर्षअघि गौतमले दाजुभाइ टक शो नामको एक युट्युब च्यानलमा बलात्कारको विषयमा गरिएको प्रश्नमा उनले दिएको उत्तरको भिडियो क्लिप भाइरल भएको हो ।

सम्वन्धित समाचार