नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बिहान ९ बजे सारिएको बैठक केही ढिलो गरी सुरु हुन लागेको हो ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि बिहानलाई सारिएको हो ।
समानुपातिक सांसद चयनबारे छलफल गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगको पत्र अनुसार समावेशिताको आधारमा सूची पठाउन बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।