नेपालअखबार, एजेन्सि ।चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच प्राविधिक कम्पनी हुवावेसँगको ठूलो सम्झौतालगायत धेरै सम्झौतामा हस्ताक्षर भएको छ ।
खाडीमा कम्पनीको बढ्दो प्रभुत्व अमेरिकाका लागि चिन्ताको विषय हुन सक्छ । अमेरिकाले हुवावेलाई सुरक्षा खतरा मानेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राजा सलमानले जिगपिङसँग ‘व्यापक रणनीतिक सम्झौता’ गरेका छन् ।
जिनपिङले युवराज र प्रधानमन्त्रीसँग पनि वार्ता गरेका छन् । यति मात्र होइन, साउदी अरबमा जिनपिङलाई न्यानो स्वागत गरिएको थियो ।
यो जुलाईमा जो बाइडेनको ‘चिसो स्वागत’ भन्दा पूर्ण रूपमा फरक छ । साउदीको उर्जा नीति र जमाल खग्गोशीको हत्यापछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध खासै राम्रो छैन ।